कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु

  आइतबार ०७, जेठ २०८० १६:०४

धनगढी । कैलालीको कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।

कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो।

clock आइतबार ०७, जेठ २०८० १६:०४

प्रतिक्रिया