करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

  आइतबार ०७, जेठ २०८० ०९:१६

महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर स्थानीय ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो।

हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए।

उनका अनुसार अहिले प्रहरी र जनप्रतिनिधिको टोली घटना स्थलमा छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्। खुनको शव घटनास्थलमै राखिएको छ। 

clock आइतबार ०७, जेठ २०८० ०९:१६

प्रतिक्रिया