शिवशिखर सहकारीबाट ठगिएको भए जाहेरी दिन कैलाली प्रहरीको आग्रह

  शनिबार ०६, जेठ २०८० १०:४१

धनगढी ।  जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरीका लागि प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातका साथमा कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको छ। 

सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेको लगायतका ठगी गरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ–आफ्नो नागरिताको प्रतिलिपी, पासबुक लगायतका प्रमाणहरु साथमा जाहेरी दिन आग्रह गरिएको छ।

सुचनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको समेत उल्लेख गरिएको छ।

clock शनिबार ०६, जेठ २०८० १०:४१

प्रतिक्रिया