हात्तीको बथानले कञ्चनपुरको लालझाडीका तीन स्थानीयका घर भत्कायो
कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा तीन स्थानीको घर हात्तीले भत्काईदिएको छ । लालझाडी गाँउपालिका ४ खल्लाजाईका तीन स्थानीयका घर जंगली हात्तीले भत्काईदिएको हो ।
गयराती ४ खल्लाजाईका स्थानीय हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराका घर हात्तीले भत्काईदिएको स्थानीयले बताएका छन ।
लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले गयराती हात्तीको बथानले तीन स्थानीयको घर भत्काईदिएको बताए ।
उनका अनुसार हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि हात्तीपीडित टमाटा र कडारा परिवारको विचल्ली भएको छ । यस बर्ष गत असोजदेखि हात्तीले मानिस, भौतिक सरचना, घर अन्नबालीमा क्षति पु¥याउँदा समेत तीनै सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको स्थानीयको दुखेसो छ ।
गत असोज दोस्रो साता हात्तीको बथानले लालझाडीका युवकको मृत्यु भएको थियो । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसंग पहल गरेको भईरहेको बताए ।
‘हात्तीबाट हुने क्षति न्यूनिकरणका लागि हाम्रो पहल जारी छ, ‘उनले भने, ‘हात्ती नियन्त्रण गर्न हामी स्थानीय सरकारको प्रयासले मात्रै हुन लागेको छैन, त्यसमा थप माथिल्ला सरकारले पनि हेर्नुपर्छ ।’
प्रतिक्रिया