धनगढीका ब्यबसायी ठाकुरले गरे सामुदायिक विद्यालयलाई ३ थान प्रोजेक्टर हस्तान्तरण

  शुक्रबार ०५, जेठ २०८० १६:१८

धनगढी । नेपाल-भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा ब्यबसायी हरिशंकर ठाकुरले धनगढीको एक सामुदायिक विद्यालयलाई ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका छन । 

धनगढी उपमहानगरपालिका ५ मा रहेको ऎश्वर्य विद्या निकेतनको शैक्षिक विकासमा योगदान पुगोस् भन्ने हेतुले ३ थान प्रोजेक्टर विद्यालयलाई उपलब्ध गराएको रोटरी क्बल अफ धनगढीका पुर्व अध्यक्ष समेत रहेका ठाकुरले बताए । उनले विद्यालयमा पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रोजेक्टर उपलब्ध गराएको बताए । 

ऐश्वर्य विद्या निकेतनकाका सहायक प्राचार्य संजय पन्तले प्रोजेक्टरका माध्यमबाट विद्यार्थीहरुलाई पढाइमा सहयोग हुने भएकोले विद्यालयले सबै कक्षा कोठामा प्रोजेक्टर जडान गर्ने लक्ष्य लिएको बताउदै सम्पुर्ण दाताहरूलाई सहयोग गर्न आग्रह गरे । उनले करिब १ लाख ८० हजार रुपैया बराबरको ३ थान प्रोजेक्टर हस्तान्तरण गर्ने ब्यबसायी ठाकुरलाई धन्यवाद दिए ।

प्रोजेक्टर बुझ्दै ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधी ओझाले  प्रबिधि मैत्री अध्यापनका लागि उक्त सामाग्री सहयोगी हुने बताए । उनले ब्यबसायी ठाकुरलाई बिद्यालयको तर्फबाट आभार व्यक्त गरेका छन ।

clock शुक्रबार ०५, जेठ २०८० १६:१८

प्रतिक्रिया