असिनापानीले गहुँ बालीमा क्षति

  बिहिबार ०४, जेठ २०८० १४:०६

बाजुरा । बाजुरामा अविरल असिना पानीका कारण बाजुरामा पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा क्षति भएको छ । 

बुधबार आएको अविरल असिना पानीले जिल्लाको बुढीगंगा र बडिमालिका नगरपालिकाका साथै गौमुल तथा खप्तड छेडेदह गाउँपालिकाका किसानले लगाएका गहुँ बालीसँगै आलु, प्याज लगायतका तरकारीमा समेत ठूलो मात्रामा क्षति भएको हो ।

असिनापानीले स्याउ, सुन्तला, अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैसीले बताए । 

clock बिहिबार ०४, जेठ २०८० १४:०६

प्रतिक्रिया