अछामसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा
धनगढी । अछामसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ। गृह मन्त्रालयले अछामसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहसचिवको दरबन्दी रहनेगरि सरुवा गरिएको हो।
हाल सरुवा भएका प्रमुख जिल्ला अधिकारीेहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन्। सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए।
अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ भने तुल बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
प्रतिक्रिया