पूर्व राजालाई धनगढीमा नागरिक अभिनन्दन गर्ने तयारी पूरा

  बुधबार ०३, जेठ २०८० १५:४९

धनगढी । पूर्व राजालाई धनगढीमा नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ। धनगढीमा जेठ ६ गते पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने मुल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। 

पूर्व राजा ज्ञानेन्द्र शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका सञ्चार संयोजक ललित जोशीले बताए।

नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए। 

जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने जोशीको दाबी छ।

clock बुधबार ०३, जेठ २०८० १५:४९

प्रतिक्रिया