बजेट अभाव भएपछि १० औं रास्ट्रीयका लागि कैलाली जिल्ला स्तरीय छनौट स्थगित

  बिहिबार ०८, कार्तिक २०८१ १२:५२

धनगढी । बजेट अभाव भएपछि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको कैलाली जिल्ला स्तरीय छनौट स्थगित गरिएको छ । मंगलबार धनगढीमा कैलाली जिल्ला खेलकुद समिति र जिल्लामा क्रियाशील खेल संघहरुको सयुक्त बैठकले अपुग बजेट र अनुपयुक्त समयका कारण कार्णालि प्रदेशको सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी छनौट स्थगित गर्ने निर्णय गरेको हो । छनौटका लागी बजेट अभाव रहेको सुदुरपस्चिम प्रदेसका सामाजिक बिकास मन्त्री मेघराज खड्कालाई समेत जानकारी गराएको बताइएको छ ।

२०७९ सालमा गण्डकी प्रदेशमा आयोजना गरिएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी समेत न्युन बजेट उपलब्ध गराउदा निर्णायक हरुलाइ भत्ता वाफतको रकम समेत दिन नसकेको जिल्ला खेलकुद समितिले जनाएको छ । १० औं का लागी कम्तीमा १५ लाख बजेट माग गरिएपनि ९ औं भन्दा पनि घटाएर ६ लाख ७५ हजार बजेट उपलब्ध गराएपछि छनौट स्थगित गरिएको जिल्ला खेलकुद समिति कैलालीका कार्यालय प्रमुख आश्रम केसिले बताए ।

उनले बिगत भन्दापनि कम बजेट दिने निर्णय सच्याएर प्रतियोगितामा लाग्ने खर्च बराबरको बजेट उपलब्ध गराउन आग्रह गरे । आगामी मंसिर २ गते देखी सुर्खेतमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा हुने निस्चित नभएको हुँदा अहिले जिल्ला र प्रदेशमा छनौट गर्नुको कुनै औचित्य नरहेको समितिले ठहर गरेको छ ।

रास्ट्रीय खेलकुद प्रतियोगिता हुने अनिश्चित हुँदा जिल्ला र प्रदेशमा छनौट गर्न न हुने जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले बताए । रास्ट्रीय खेलकुद फागुनरचैतमा हुने सम्भावना भएपनि अहिलेनै प्रदेश र जिल्लामा छनौट गर्नु गलत रहेको उनले बताए । सरकारले आवस्यक बजेट उपलब्ध गराएर जिल्ला र प्रदेशमा उपयुक्त समयमा मात्र छनौट गर्नुपर्ने उनको भनाइ छ ।

रास्ट्रीय खेलकुद भन्दा धेरै अगाडि प्रदेश र जिल्लामा खेलाडी छनौट हुँदा खेलाडीलाई संरक्षण गरेर राख्न नसकिने खेलकुद समितिको तर्क छ । अहिलेनै छनौट गरेपछि ६ महिना पछि रास्ट्रीय गेममा प्रदर्शन राम्रो गर्न नसक्ने उनको भनाइ छ । त्यसैले प्रतियोगिताको नयाँ मिति तोकिए पछि मात्र छनौट गर्नु पर्ने उनको भनाइ छ । जिल्ला स्तरीय छनौट सम्बन्धि बैठकमा बिभिन्न खेल संघका पदाधिकारीको सहभागीता थियो । जिल्ला खेलकुद समितिको सुझाव पछि सामाजिक बिकास मन्त्री मेघराज खड्काले छनौटमा स्वतन्त्रता रहेको बताए ।

कैलाली जिल्लाको बजेट वृद्धिका लागी आफु प्रयास गर्ने उनले बताए । सुदुरपचिम खेलकुद परिषदको बोर्ड बैठकले कार्तिक २ गते देखी १० गते सम्म जिल्ला स्तरीय छनौट गरिसक्ने निर्णय गरेको थियो । प्रदेश स्तरिय प्रतियोगिता कार्तिक २४ देखी २७ गते सम्म धनगढीमा गर्ने निर्णय गरेको थियो ।

clock बिहिबार ०८, कार्तिक २०८१ १२:५२

प्रतिक्रिया