एस.पी.ए कलेजको ‘ब्रान्ड एम्बेसडर’मा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशी नियुक्त

  शनिबार ०३, कार्तिक २०८१ ०७:५२

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेजले राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशीलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’का रूपमा नियुक्त गरेको छ। शुक्रवार कलेज र जोशीबिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।

धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए) का उत्पादन र एस.पी.ए कलेजका पूर्व विद्यार्थीसमेत रहेका जोशीलाई कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।

सो अवसरमा एस.पी.ए कलेजका प्रबन्ध निर्देशक शाहीले नेपाली क्रिकेटमा उज्ज्वल भविष्य बोकेका नारायण जोशीलाई ‘ब्रान्ड एम्बेसडर’को रूपमा नियुक्त गर्न पाउँदा गर्वको अनुभूति भएको बताए। 

उनले कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको उल्लेख गरे। साथै, सुदूरपश्चिमका अन्य संघ–संस्थाहरूले पनि खेलाडीहरूको मनोबल बढाउन यस्तै योगदान दिन सकुन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्न चाहेको उनको भनाइ थियो।

ब्रान्ड एम्बेसडर नियुक्त भएका जोशीले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरवको अनुभूति भएको र यो खेलाडीहरूका लागि ठुलो अवसर भएको बताए।

एस।पी।ए कलेजले विगत देखी नै क्रिकेट मात्रै नभई विभिन्न विधाका खेलाडीहरू, उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरू लाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको छ  । भने सामाजिक उत्तरदायित्व अन्तरगत धनगढी उपमहानगरको सरसफाइ अभियानलाई सहयोग गर्न टोल सरसफाइ कर्मचारी मार्फत सेवा प्रदान, वृक्षारोपण लगायतका सामाजिक कार्यहरू मा समेत निरन्तर योगदान दिँदै आएको छ।

clock शनिबार ०३, कार्तिक २०८१ ०७:५२

प्रतिक्रिया