डिएसपी बरालका लापरबाहीका कारण एक बालकको खुट्टा काटियो ......

  सोमबार ०१, जेठ २०८० १८:२५

धनगढी । कारले मोटरसाईललाई ठक्कर दिएपछि भएको दुर्घटनामा ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालको लापरवाहिका कारणमा मोटरसाईकलमा सवार घाइते एकजना बालकको खुट्टा काट्नु परेको आफन्तले आरोप लगाएका छन् ।

बैशाख २ गते कारको ठक्करबाट घाईते गोदावरी नगरपालिका ८ का अनिल धामी (१४ बर्ष १० महिना) को बैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाई भएको अनिलका बुवा ललित बहादुर धामीले बताए । उनले पैसाको लागि गाडी धनि प्रकाश फुलारासंग पटक–पटक सम्पर्क गरेपनि एकपटक केहि रकम बाहेक उनले सहयोग नगरेको धामीले बताए । समयमै अस्पतालमा पैसा जम्मा गर्न नसक्दा छोराको खुट्टा काट्नु परेको भन्दै ललितले दुखेसो पोखे । छोरा अझै अस्पतालमै छ, कति खर्च लाग्ने हो ? केहि भन्न नसकिले भन्दै न्याय दिलाईदिन आग्रह गरे ।

सोही दुर्घटनामा घाईते भएका अन्य दुईजना बालकका आफन्तहरुले समेत फुलाराले उपचार खर्च आफुले गर्ने भनि ईलाका प्रहरी कार्यालय मालाखेतीमा कागजात गरेपनि उपचारबाट पछि हटेको बताए । उल्टै आफुले मुद्दा लड्ने भन्दै फुलाराले थप रकम नदिने बताएको आफन्तहरुले बताएका छन् । 

No description available.

घटना विवरणः
पुर्व–पश्चिम राजमार्गको गोदावरी नगरपालिका ९ बल्मिमा गत बैशाख २ गते पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रकाश फुलाराले चलाएको बा १६ च ९६०३ नम्बरको कारले सुपप्र ०१ ००८ प ४२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गोदावरी नगरपालिका ८ का अनिल धामी, दिलीप बोगटी र सागर बिक घाइते भएका थिए ।

कारले मोटरसाईकललाई आफ्नो लेनभन्दा ६ फिट पर गएर ठक्कर दिएको छ । घाईतेलाई तत्काल उपचारको लागि अत्तरिया स्थित पदमा अस्पताल लगिएकोमा त्यहाँबाट अस्पतालले धामीलाई भारतको लखनउ रेफर गरेको थियो भने बोगटी र बिकलाई नेपालगंज रेफर गरेको आफन्तहरुले बताएका छन ।

No description available.

दुर्घटनामा घाईते धामीलाई २ लाख ९० हजार र बोगटी र बिकको उपचारको लागि १ लाख ५० हजार रुपैया दिएका फुलारा त्यसपछि रकम नदिने भन्दै पन्छिएका थिए ।

दुर्घटना गराउने कार चालक फुलाराले इलाका प्रहरी कार्यालय मालाखेतीमा बैशाख ३ गते सम्पुर्ण उपचार खर्च आफुले ब्यहोर्ने भन्दै कागज गरेको भएपनी सो अनुरुप भने गरेनन । उल्टै पीडितलाई आफुले पैसा नदिने बरु कानुनी प्रक्रियामा जाने भन्दै धम्की दिने गरेको पीडित ललित बहादुर धामीले बताए ।

फुलाराले प्रहरी समेतलाई प्रलोभनमा पारेको चैत २८ गते राति नौ बजे बोलाएर दिलिपको नाममा जाहेरी दिन भनेको कुराले समेत पुष्टि गर्दछ । घाईते धामीका बुबा ललितलाई चैत २८ गते राती ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी बरालले आफ्नो कार्यपक्षमा बोलाएर मोटरसाईकल चालक दिलिप बोगटीको नाममा जाहेरी दिन भनेको धामीले बताए ।

उनले आफुले प्रकास फुलाराको नाममा जाहेरी दिसकेका कारण र गल्ती पनि फुलाराकै भएकोले जाहेरी नदिने भन्दै फर्किएको बताए । तर, प्रहरीले आफै दिलिपलाई प्रतिबादी बनाई अहिले सरकारी वकिलको कार्यालय कैलालीमा मुद्दा दर्ता गराएको दिलिपका बुबा करण बोगटीले बताए ।

No description available.

उता ठक्कर दिने फुलारालाई भने इलाका प्रहरी कार्यालय मालाखेती हिरासतमा “ज्वाइँ“ सत्कारका साथ राखेको पीडितले आरोप लगायतका छन । दिउसो थुनुवा कक्षमा राखेको जस्तो गर्ने राती डिएसपी बरालले आफैसंग सुताउने गरेको उनीहरुले बताएका छन ।  

जाहेरी दिएको कागजात समेत आफुहरुलाई हेर्न समेत नदिने डिएसपी बरालले फुलारालाई भने कार्यालय मै बोलाएर फायल हेर्न दिने गरेको आफन्तले आरोप लगाएका छन । उक्त घटनाबारे जानकारी लिन खोज्दा डिएसपी बराल आफु विदामा रहेका कारण निमित्तसंग जानरकारी लिन भन्दै पन्छिए ।

clock सोमबार ०१, जेठ २०८० १८:२५

प्रतिक्रिया