महिला र पुरुषको खो खो टोलीमा सुदूरपश्चिमबाट ४ जना छनोट

  सोमबार २१, असोज २०८१ ०७:४७

धनगढी । नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुषरमहिला टोली घोषणा गरेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट सुदूरपश्चिमबाट ४ जना खेलाडी छनोट गरिएको हो ।

पुरुष र महिला दुवैमा १५/१५ खेलाडीको अन्तिम छनोट गरिएको संघका कार्यबाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी गराए । दुवै समूहमा १०/१० वैकल्पिक खेलाडी सार्वजनिक गरिएको छ ।

पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार बर्मा, झलक बिक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन बल, जोगिन्द्र राना, भरत सारु र गणेश विक छन् । सुदूरपश्चिमबाट जोगिन्द्र राना र गणेश बि.क  छनोटमा परेका हुन ।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुशवाह, मुकेश गोदार, बिकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।

महिलामा सरस्वती कठायत, मानमती धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दीपा बिक, निशा शाही, कर्मा शाही, सम्झना बिक, दीपा बिक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन् । सुदूरपश्चिमबाट खुस्बु राना र वर्षा पण्डित  छनोटमा परेका हुन ।

प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक खेलाडीमा छन् । बैकल्पिक मध्य प्रेरणा बिष्ट सुदूरपश्चिमबाट छनोट भएकी हुन् । 

मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ मा हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यबाहक अध्यक्ष शाहीले बताए । पुरुषरमहिलामा ४/४ खेल हुनेछ ।

clock सोमबार २१, असोज २०८१ ०७:४७

प्रतिक्रिया