धनगढीको फूलबारी क्षेत्रमा तीन वटा हाइमास्ट लाइट जडान

  आइतबार ३१, बैशाख २०८० १२:१५

धनगढी । धनगढीको फूलबारी क्षेत्रमा तीन वटा हाइमास्ट लाइट जडान गरिएको छ। धनगढी उपमहानगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा हाइमास्ट लाइट जडान गरिएको हो। 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको निजी सचिवालयका अनुसार वडा नम्बर १४, १८ र १९ मा हाइमास्ट लाइट जडान गरिएको छ। स्याउले बजार, डिपो बजार र पच्चिस घरमा हाइमास्ट लाइट जडान गरेर शनिवार उद्घाटन गरिको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुह हमाल,  उपप्रमुख कन्दकला राना, वडाध्यक्षाहरु, नगर कार्यपालिका सदस्यहरु तथा टोल विकास समितिका अध्यक्षको कार्यक्रममा सहभागिता रहेको थियो।

लाइट जडानपछि उक्त क्षेत्रमा रातिको समयमा हुने अपराधिक क्रियाकलप कम हुने अपेक्षा गरिएको छ भने हुलाकी राजमार्ग झिलिमिली भएको छ।

clock आइतबार ३१, बैशाख २०८० १२:१५

प्रतिक्रिया