धनगढीस्थित खाद्य गोदाममा आगलागी, ६ करोडको क्षति

  आइतबार ३१, बैशाख २०८० १२:११

धनगढी ।  धनगढीस्थित उत्तरबेहडीको दक्षिणकाली मार्गमा रहेको पीपी ट्रेडर्समा शनिबार राति आगलागी भएको छ । विद्युत्‌को तार सर्ट भएर आगलागी भएको कैलाली प्रहरीले बताएको छ । 

आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायत सम्पूर्ण खाद्य सामग्री रहेको गोदाम पूर्ण रुपम नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।

आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक कृष्णदत्त पाण्डेको भनाइ छ । धनगढी उपमहानगरपालिकाको वारुणयन्त्रको प्रयोग गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

clock आइतबार ३१, बैशाख २०८० १२:११

प्रतिक्रिया