नगरको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैछौँ : प्रमुख ओझा

  शनिबार ३०, बैशाख २०८० १३:४३

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले नगरको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । 

कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा चितुवाले स्थानीयका पशुमा आक्रमण गर्न थालेपछि स्थानीय भेट्न पुगेका प्रमुख ओझाले सो कुरा बताएका हुन । 

जनताको आवश्यकतालाई मध्यनजर गर्दै विकासका गतिविधि अगाडि बढाएको बताउँदै उनले पालिकाका स्थानीयलाई आवत जावतमा सहजताका लागि सडक स्तरोन्नतिको काम गरिरहेको बताए । 

कृष्णपुरको समग्र विकासका लागि प्रदेश र केन्द्र सरकारसँग पहल गरिरहेको बताउँदै उनले आफ्नो कार्यकालमा जनताले महसुस हुने गरी काम गरेर देखाउने प्रतिबद्धता गरे । 

पछिल्लो समय चितुवाले पालिकाका स्थानीयलाई दुख दीन थालेको भन्दै उनले सबैलाई सचेत भएर बस्न आग्रह गरे । उनले चितुवाले मानवलाई आक्रमण गरेपछि बस्तीमा धेरै दुख दीने भएकाले बालबालिकालाई सुरक्षित राख्न आग्रह गरे ।

clock शनिबार ३०, बैशाख २०८० १३:४३

प्रतिक्रिया