कन्चनपुरका सामुदायिक वनमा देखिन थाले चितुवा, स्वचालीत क्यामेरा जडान

  शनिबार ३०, बैशाख २०८० १२:५७

धनगढी । कन्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानिय त्रसित भएका छन् । जिल्लाको राजघाट, पुनरवास, बेलौरी लगायत क्षेत्र आसपासका सामुदायिक वनमा चितुवा देखिन थालेका हुन् ।

सामुदायिक बनबाट रातीको समयमा चितुवा गाउँमा आएर गोठमा रहेका पशुलाई आक्रमण गर्न थालेपछि स्थानिय त्रसित भएका छन् । 

प्रदेश सभा सदस्य ओम विक्रम भाट “सरल” को पहलमा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २ सामुदयिक वनमा बाघ वा चितुवा के हो भन्ने पहिचान गर्न सामुदायिकमा ४ वटा स्वचालील क्यामेरा जडान गरीएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डिभिजन वन कार्यालय कन्चनपुरले वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा स्वचालीत क्यामेरा जडान गरिएको हो । क्यामेरा जडान पछि प्रदेश सभा सदस्य भाटले स्थानियहरुलाई सचेत भएर बस्न आग्रह गरे ।

उनले अहिले पशुलाई आक्रमण गरीरहेको बाघ मानबलाई आक्रमण गर्न सक्ने भएकाले जंगल जादा होस या घरमै बस्दा सचेत भएर बस्न अनुरोध गरे ।

बैतडीमा चितुवाले मचाएको आतकंको उदाहरण दीदै भाटले मानवमा आक्रमण सुरु गरेको चितुवाले पछि धेरै दुख दीने बताए । उनले घर गोठ बलीयो नभएका स्थानियको काठ दीएर सहयोग गर्न सामुदायिक बनलाई अनुरोध गरे ।

clock शनिबार ३०, बैशाख २०८० १२:५७

प्रतिक्रिया