भारतले नेपाल तर्फ महाकाली डाइभर्ट गर्न खोज्दा ढुङ्गा हानाहान

  शनिबार ३०, बैशाख २०८० १२:१२

दार्चुला । भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्न खोजेपछि नेपाल र भारतका स्थानीयहरु बीच ढुङ्गा हानाहान भएको छ । भारतले महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा स्थानीय बीच ढुङ्गा हानाहान भएको हो ।

महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्दा महाकाली नगरपालिका – ४ को बाङ्गाबगर छेत्र बाढीको उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर छेत्रका बासिन्दाले डाइभर्ट निर्माणको काम रोक्न माग गर्दै आएका छन ।

तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदिको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारी बीच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा ल्याएको छैन ।

गत भदौ २४ गते महाकाली नदिमा आएको बढी ले बाङ्गाबगर छेत्र को बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो छेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन ।

यसरी भारतीय पक्षले महाकाली नदिमा मनमानी गर्दा नेपाल र भारतका स्थानीयहरु बिच समय समयमा ढुङ्गा हानाहान हुने गरेपनि नेपाल सरकार भने मौन बसेको छ ।

clock शनिबार ३०, बैशाख २०८० १२:१२

प्रतिक्रिया