सुपमा ५ जिल्लाका भूकम्प पीडितलाई सरकारले अनुदान उपलब्ध गराउने

  शनिबार ३०, बैशाख २०८० ११:२४

धनगढी । सुदूरपश्चिमका ५ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८/०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, लमजुङ र खोटाङका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

उक्त बैठकले भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका ७ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।

clock शनिबार ३०, बैशाख २०८० ११:२४

प्रतिक्रिया