आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

  सोमबार ३१, भदौ २०८१ ०७:२५

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । 

भारतीय आयल निगमबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आजदेखि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । 

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

clock सोमबार ३१, भदौ २०८१ ०७:२५

प्रतिक्रिया