धनगढीमा पल्सर बाइकसहित ६ लाखको अवैध सामन बरामद

  शुक्रबार २९, बैशाख २०८० १२:०१

धनगढी । कैलालीको धनगढीमा प्रहरीले अवैध पल्सर मोटरसाइकलसहित करिब ६ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए।

बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए।

clock शुक्रबार २९, बैशाख २०८० १२:०१

प्रतिक्रिया