धनगढीको एक नास्ता पसलमा आगलागी

  बिहिबार २८, बैशाख २०८० १७:००

धनगढी । धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २  वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा बिहिवार दिउँसो आगलागी भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्याँल लिक भएर आगो लागेको हो। 

आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन्। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

clock बिहिबार २८, बैशाख २०८० १७:००

प्रतिक्रिया