कैलालीमा मदिराजन्य पदार्थको प्रचार सामग्री हटाउन थालियो
धनगढी । कैलालीम मदिराजन्य पदार्थको प्रचार सामग्री हटाउन थालिएको छ। बिहीवारबाट धनगढीका होटेल, पसल र रेष्टुरेन्टमा राखिएका होर्डिङ, पोष्टर र अन्य प्रचारप्रसारका सामग्री हटाउन थालिएको हो।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुर, जिल्ला प्रशासन कार्यालय कैलाली, उपभोक्ता हित संरक्षणमा काम गर्ने संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सम्मीलित टोलीले धनगढीबाट सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सामग्री हटाउन थालेको हो।
यसअघि बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको बैठकले एक हप्ताभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसारका सम्पूर्ण सामग्री आफैं हटाउन सार्वजनिक सूचना र पत्राचार गरेको थियो।
तर, सार्वजनिक सूचना र पत्राचार गर्दा पनि प्रचार सामग्री नहटाइएपछि आजबाट सरकारी टोलीले आफैं हटाउन सुरु गरेको प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए।
प्रतिक्रिया