वास्तविक पहिरो पीडितको व्यवस्थापन गर्न गाउँपालिका अध्यक्षको माग
धनगढी । कैलालीको चुरेका पहिरो पीडिको व्यवस्थापन गर्न माग गरिएको छ। गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वास्तविक पहिरो पीडितको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन्।
चार सय १८ परिवार चुरे गाउँपालिका वडा नम्बर ४ को जंगल क्षेत्रमा बसिरहेका छन्। उनीहरुले जंगल अतिक्रमण गरेर टहरा निर्माण तथा बालि लगाउदै आएका छन्। उनीहरुमा सबै पहिरो पीडित नभएको भन्दै अध्यक्ष बोगटीले वास्तविक पीडितको पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
सामुदायिक वन र स्थानीय प्रशासनसँगको समन्वयमा अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई यथास्थानमा बस्न दिने सहमती भएको थियो। अहिले वनले उनीहरुको उठाउन खोजेपछि अध्यक्षले वास्तविक पीडितको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन्।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोगटीले कतिपय नक्कली पहिरो पीडित समेत उक्त सूचीमा अटाएको भन्दै त्यसको छानविन गरेर वास्तविक पीडितको पहिचान गर्नुपर्ने बताएका हुन्।
वनले अहिले बसिरहेको क्षेत्रबाट उठाएमा वास्तविक पीडितको विचल्ली हुने उनको तर्क छ। पीडितहरुको व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालय, संघीय सरकारका विभिन्न निकायमा पटक पटक धाउदा समेत कुनै सुनवाइ नभएको गाउँपालिकाका अध्यक्ष बोगटीको गुनासो छ।
चुरेका पहिरो पीडित परिवारहरु अहिले वडा नम्बर ४ को पैनेरुवा र टाँकगडाको सामुदायिक वन क्षेत्रमा बस्दै आएका छन्।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया