कैलालीमा ‘मिटर ब्याज’ले धेरैको घरवार उजाडिदै, सयौँ संख्यामा पीडितबाट उजुरी दर्ता
धनगढी। गैरकानूनी मानिएको मिटर ब्याजका कारण कैलालीमा धेरै घरवार विहीन अवस्थामा पुगेका छन्। छोटो समयमा धेरै कमाउने र राम्रो फाइदा लिने लोभका कारण मिटर ब्याजमा लागेकाहरु अहिले लगानी अशुल गर्न नसकेर घरवार विहीन अवस्थामा पुगेका हुन् ।
मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम समेत बढेको पाइएको छ । यस्ले टोल छरछिमेक र आफन्तकै नाताबाटै मिटर ब्याजमा लाग्न प्रेरित गराउने, अन्तमा लगानी लगाउन नसकीदा र असुल गर्न नसक्दा ठगिने समस्या बढ्दै गएको हो। कैलालीमा मिटर ब्याजमा भएको लगानीका कारण केहीको घर र जग्गा लिलाम भएको र लिलाम हुने प्रक्रियामा गएको बताइएको छ । पछिल्लो समय उजुरी दिन प्रशासन धाउने पीडितको संख्या बढ्दो छ।
एकै जनाले लाख देखी करोडौँ रुपैयाँसम्म डुबाएर भागेको पीडितहरुको भनाई छ। मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमानरश्रीमतीबीच विवाद हूँदा पारिवारिक सम्बन्ध विच्छेदका घटना हुने गरेका छन् । लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसेपनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु समेत भेटिएका छन्।
मिटर ब्याज कारोबारमा ठगिएपछि जनप्रतिनिधि, प्रहरी प्रसाशनसम्ममा धाउने गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत जोशीले केही महिना अघि मिटर ब्याजीबाट ठगिएको भन्दै प्रशासनमा ९५ उजुरी दर्ता भएको बताए। उनले मिटरब्याज पीडितको निवेदन अनलाइन सङ्कलनपछि आजसम्म ४५ जनाले निवेदन दिएको बताए।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ ले पीडितबाट निवेदन माग गरेपछि प्रशासनले सहायता कक्ष वैशाख १७ देखि सुरु भएको बताए। निवेदन सङ्कलनको कार्य आउँदो ३१ गतेसम्म सञ्चालन हुने बताए। सहायता कक्ष स्थापना गरेर निवेदन सङ्कलनको कार्य थाले पनि अहिलेसम्म धेरै पीडितहरू नआएको जोशीले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया