बाजुरामा कापी उद्योग स्थापना

  बिहिबार २८, बैशाख २०८० १२:२०

बाजुरा । बाजुरामा कापी उद्योग स्थापना गरिएको छ। जिल्ला सदरमुकाम मार्तडीमा जिल्लामै पहिलो कापी बनाउने उद्योग संचालनमा ल्याइएको हो।  बुधवार एक कार्यक्रमका बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले उद्योगको उद्धघाटन गर्दै संचालनमा ल्याईएको हो।

कापी उद्योगले बाजुराको बिकासमा एक इटा थपिएको नगर उप–प्रमुख थापाले बताएकी छन्। बाजुराका केही युवाहरुले यस उद्योगमा रोजगार पाउने आशा समेत रहेको उनको भनाइ रहेको छ। 

घरेलु तथा साना उद्योग कार्यालय बाजुराको अनुदान र २० प्रतिशत व्यक्तीगत खर्चमा कापी उद्योग संचालनमा ल्याएको सञ्चालकले बताएका छन्। २० प्रतिशत व्यक्तीगत लगानी र घरेलु तथा साना उद्योग कार्यालयको अनुदान गरी करिव १६ लाखमा कापी उद्योग स्थापना गरिएको उनले बताए।
 

clock बिहिबार २८, बैशाख २०८० १२:२०

प्रतिक्रिया