जन्मदिनको अवसरमा खड्काले  गरे बृद्धाआश्रममा सहयोग

  बुधबार २७, बैशाख २०८० १९:३४

डोटी । जन्म दिनको अवसरमा कैलाश खड्काले  डोटीको एक बृद्धाआश्रमलाई सहयोग गरेका छन्  ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर- २ घर भई हाल अमेरिकामा बस्ने  खड्काले वृद्धा आश्रमलाई सहयोग गरेको हुन् । 

खड्काले  सिलगढीमा रहेका पूज्य धर्मान्तक वृद्धा आश्रमलाई कम्बल, लुगा तथा फलफूल वितरण गरेका हुन् ।

खड्काले अमेरिकाबाट दिपायल सिलगढी नगरपालिका वडा नम्बरका- २ का वडा अध्यक्ष राजेन्द्र खड्काको खातामा पैसा पठाई दिएका थिए  ।

अध्यक्ष खड्काले समान किनेर आश्रमलाई हस्तान्तरण गरेका हुन् ।

clock बुधबार २७, बैशाख २०८० १९:३४

प्रतिक्रिया