सुदूरपश्चिमको नयाँ बजेट बन्दै, २५ लाखभन्दा कमका योजना नबनाइने

  सोमबार ०३, भदौ २०८१ १३:११

धनगढी । सुदुरपश्चिम प्रदेश सरकार चालु आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा जुटेको छ । सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका ४ वटा आधार तय गरेको घोषणा गरेका हुन् । 

साथै मुख्यमन्त्री शाहले जारी विज्ञप्तिअनुसार प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ । साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए । 

यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिएका छन् । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।

sudur

clock सोमबार ०३, भदौ २०८१ १३:११

प्रतिक्रिया