डोटीका तीन किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत
डोटी । डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई भीमदत्त उत्कृष्ट पुरस्बाट पुरस्कृत गरेको हो।
आर्थिक वर्ष २०७९/८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ। किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका प्रमुख तथा निर्देशक यज्ञराज जोशीले बताए।
पुरस्कृत भएका किसानहरुले जिल्लाका अन्य कृषकलाई पनि बाँझो जमिनलाई खेती योग्य बनाउन आग्रह गरेका छन्। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले अब गाउँगाउँमा कृषि क्रान्ति गर्न आवश्यक देखिएको बताए। किसानलाई अनुदानको व्यवस्थासहित कृषि क्षेत्रलाई बढवा दिँदा शिक्षा, स्वास्थ्यमा पनि स्वतः सुधार हुने प्रदेश कृषि निर्देशक जोशीले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया