कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत फेला

  शनिबार २६, साउन २०८१ ०९:०९

कञ्चनपुर । कञ्चनपुरको पत्थरिया खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–२ मुक्ति शिबिर बस्ने ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

clock शनिबार २६, साउन २०८१ ०९:०९

प्रतिक्रिया