धनगढीको राइजिङ स्टार स्कुलले गर्‍यो बृहत् सरसफाइ

  शनिबार १९, साउन २०८१ १०:३२

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको राइजिङ स्टार स्कुलले समुदायमा बृहत् सरसफाइ गरेको छ।

शुक्रवार विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले सरसफाइ गरेका हुन्। “हाम्रो धनगढी, हामी बनाउँछौँ“ अभियान अन्तर्गत बृहत् सरसफाइ गरिएको हो।

विद्यालय रहेको आठ सय वर्ग मिटर क्षेत्र वरिपरि सरसफाइ गरिएको हो। सभ्य र सुन्दर बस्तीका लागि वातावरणीय सरसफाइमा लाग्न प्रेरित गर्न विद्यालयले वृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ।

May be an image of 13 people and text

May be an image of 7 people, grass, tree and text

 

clock शनिबार १९, साउन २०८१ १०:३२

प्रतिक्रिया