धनगढीका थप १ जनामा हैजा पुष्टि, बिरामीको सङ्ख्या ८ पुग्यो

  शुक्रबार १८, साउन २०८१ १८:०४

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा थप एक जनामा हैजा पुष्टि भएको छ। धनगढी–१ पशुपति टोलका थप एक जनामा हैजा पुष्टि भएको हो।

 मंगलवार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी १२ वर्षीया बालिकामा आज  हैजा देखिएको छ। यो सँगै धनगढीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ।

दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ। पानी उमालेर पिउन तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य कार्यालय कैलालीले सर्वसाधरणलाई अनुरोध गरेको छ। 

clock शुक्रबार १८, साउन २०८१ १८:०४

प्रतिक्रिया