धनगढीका मुख्य–मुख्य सडक अब सहरी सडक बन्ने, डीपीआरका लागि सर्वे हुँदै

  मङ्गलबार २६, बैशाख २०८० १२:१५
धनगढीका मुख्य–मुख्य सडकलाई सहरी सडक बनाउन सर्वे हुँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरभित्रका मुख्यमुख्य सडक अब सहरी सडकको रुपमा निर्माण गरिने भएको छ। उपमहानगरपालिकाले सहरी सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

धनगढी उपमहानगरपालिकाका १९ वडाभित्रका मुख्यमुख्य सडक सहरी सडकको रुपमा विकास गर्न अध्ययनको काम अघि बढाइएको छ। उपमहानगरभित्रका १९ वटै वडाभित्रका मुख्यमुख्य सडक स्तरोन्नती गरी सहरी सडकको रुपमा विकास गर्न अहिले विस्तृत ईन्जिनियरिङको काम भइरहेको उपमहानगरले बताएको छ।

May be an image of bicycle, grass, road and tree

सहरी सडक निर्माणका लागि विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न सर्वेको काम सुरु गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानसहित सहरी सडक निर्माणका लागि प्रारम्भिक कामको सुरुवात गरिएको छ।

धनगढीको सहरी सौन्दर्यता बढाउने गरी १९ वटै वडाभित्रका मुख्यमुख्य सडकको स्तरोन्नती गरी सहरी सडकको रुपमा विकास गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ।

May be an image of 5 people and tree

यस कार्यका लागि उपमहानगरले नगरवासीसँग आवश्यक सहयोग र सुझावको अपेक्षा समेत गरेको छ।

May be an image of 3 people, bicycle, motorcycle, street and road

clock मङ्गलबार २६, बैशाख २०८० १२:१५

प्रतिक्रिया