कञ्चनपुरको बेलौरीमा पनि चल्यो अवैध संरचनामाथि डोजर

  मङ्गलबार २६, बैशाख २०८० ११:२४

कञ्चनपुर। कञ्चपुरको बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि डोजर चलाएको छ।

सोमबार वडा कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको करिब डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि डोजर चलाएको हो।

’वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो,’ वडा अध्यक्ष लालबहादुर चौधरीले भने,  ‘त्यतिबेला ११ वटा घर आफै हटाए, नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले डोजर चलाएको हो।’

clock मङ्गलबार २६, बैशाख २०८० ११:२४

प्रतिक्रिया