दार्चुला घर भएका एक जनाको भारतमा करेन्ट लागेर मृत्यु

  शनिबार १२, साउन २०८१ १३:०५

दार्चुला । दार्चुला घर भएका एक जनाको भारतमा करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–२ पिपलकोट सार्की टोल घर भइ रोजगारको सिलसिलामा भारतको जम्मुकश्मिरमा कार्यरत ३१ वर्षीय लक्ष्मणराम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय कमल सार्कीका अनुसार लक्ष्मणको शुक्रबार बिहान ९ बजे कुखुरा फर्ममा विद्युत तारमा हात लाग्दा करेन्ट लागेको र अस्पताल पुगाउँदा मृत्यु भएको खबर प्राप्त भएको हो। 

सार्कीका दाईहरू पनि उतै कार्यरत रहेकोले उतै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। सार्कीको मृत्यु भएपछि परिवार विक्षिप्त बनेको छ। मृतक लक्ष्मणका श्रीमती र छोरीसमेत सँगै छन्।

clock शनिबार १२, साउन २०८१ १३:०५

प्रतिक्रिया