बलात्कार आरोपित पक्रिन गएका प्रहरी कुटिए

  सोमबार २५, बैशाख २०८० १६:४१

वीरेन्द्रनगर । कालिकोटमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरीमाथि गाउँलेले आक्रमण गरेका हुन्।

सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए। 

गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी छ। 

clock सोमबार २५, बैशाख २०८० १६:४१

प्रतिक्रिया