दार्चुला हिम पहिरो : थप एक जनाको शव भेटियो

  सोमबार २५, बैशाख २०८० १६:१२

दार्चुला । दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ । वैशाख १९ गते दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो ।

डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

clock सोमबार २५, बैशाख २०८० १६:१२

प्रतिक्रिया