बझाङमा हिमपहिरोमा परी बेपत्ता एक महिलाको शव फेला
बझाङ । बझाङमा यार्सागुम्बा संकलन गर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परी यही वैशाख १९ गते मंगलबार बेपत्ता भएकी थिइन् ।
सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न ९ गते घरबाट गएकी थिइन् । २/३ दिन देखि लगातार पानीसंगै हिमपात भएपछि उनी घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता भएकी हुन् ।
उनको शव सोमबार मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेशबहादुर बोहराले बताउनुभयो । यहाँका स्थानीय वासीन्दा र प्रहरीले उनको शव फेला पारेको अध्यक्ष बोहराले जानकारी दिनुभयो । उनको शव अहिले घर ल्याउने काम भैरहेको छ ।
मृतकले लगाएका सुनका गहन समेत हराएको अध्यक्ष बोहराले बताउनुभयो । उनीसँगै हिमपहिरामा परेर घरपालुवा कुकुर समेत बेपत्ता भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया