कैलालीमा तीन किशोरी सम्पर्क विहीन

  सोमबार २५, बैशाख २०८० १०:१३     विश्वास खबर

धनगढी । कैलालीमा तीन किशोरी सम्पर्क विहीन भएका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर–९ जमनीपुरका तीन किशोरी तीन दिनदेखि सम्पर्क विहिन रहेका हुन्।

तीनै जना यही वैशाख २३ गते साँझदेखि सम्पर्क विहिन रहेको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ।

सम्पर्क विहिन हुनेमा कैलारी गाउँपालिका–९ जमनीपुर बस्ने १७ वर्षीया सुबिच्छा चौधरी, १४ वर्षीया अविच्छा चौधरी र १७ वर्षीया बबि चौधरी रहेको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिए।

तीनै जना शनिवार साँझ सात बजे घरदेखि कसैलाई जानकारी नदिइ भागेर गएको र आफन्तको घरमा समेत सोधपुछ तथा खोजतलाश गर्दा फेला नपरेपछि आफन्तहरुले इलाका प्रहरी कार्यालय हसुलियामा जानकारी गराएको प्रहरीले बताएको छ। सम्पर्क विहिन रहेका तीनै जनालाई प्रहरीले खोजतलास गरिरहेको कार्कीले जानकारी दिए।

clock सोमबार २५, बैशाख २०८० १०:१३     विश्वास खबर

प्रतिक्रिया