धनगढीमा ए टु जेड सोलुसन सञ्चालन

  सोमबार २५, बैशाख २०८० ०९:२५     विश्वास खबर

धनगढी । धनगढीमा ए टु जेड सोलुसन प्राली सञ्चालनमा आएको छ । कैलालीको धनगढी – २ चौराहा रहेको नेपाल बैङ्क लिमिटेडको नजिकै ए टु जेड  सोलुसन प्राली सञ्चालनमा आएको हो ।

नेपाल पत्रकार महासङ्घ शाखा कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन । उनले अब धनगढी ठुलो सहर भएकोले यस्तो कम्पनीको आवश्यक परेको बताए । 

उनले धनगढीमा नयाँ काम गर्नेलाई धेरै अन्योल हुने भएकाले अब ए टु जेड सोलुसन सञ्चालनमा आएकापछि समस्या परेकालाई सहज हुने बताए । उनले विभिन्न काम एकै ठाउँबाट हुने हुँदा समयको बचत र सरल गुणस्तर सेवा पाउने हुँदा सेवाग्राही खुसी हुने बताए ।

त्यसै गरी ए टु जेठ सोलुसन प्रालिका सञ्चालक बाबु राजा श्रेष्ठले अहिले बजारको माग अनुसार काम गर्ने बताए । उनले वायरिङ, पलम्विङ, घरको पेन्टर, कार भाडा, मार्बल लगाउने जस्ता काम गर्ने बताए ।

घरमा स– साना समस्या पर्दा त्यस्ता व्यक्तिलाई खोज्न कठिन हुने हुँदा त्यस्ता समस्यालाई ए टु जेड सोलुसन गर्ने उनले बताए । अहिले ३० जना कामदारलाई पार्ट टाइममा राखेको उनले बताए । उनले काम गर्न र गराउने बिचको सहजीकरण गर्न बताए । 

स्थानीय तहले विभिन्न किसिमका तालिम दिएर उत्पादन गरेका कामदारलाई रोजगार दिने उनले बताए । यस कम्पनीले अहिले कैलालीको धनगढी र अत्तरियामा  सेवा दिने सुरु गरे पनि बिस्तारै सुदूरपश्चिमका सबै जिल्लामा सेवालाई विस्तार गर्ने बताए ।

clock सोमबार २५, बैशाख २०८० ०९:२५     विश्वास खबर

प्रतिक्रिया