खैरो हेरोइन ल्याउँदै गर्दा समातिए सशस्त्रका हवल्दार
टीकापुर । अवैध लागूऔषध खैरो हेरोइन ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनार पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट उनी पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
सुनारसँगै लम्कीका २६ वर्षीय सागर घिमिरे पनि पक्राउ परेका छन्। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडामा कार्यरत थिए।
वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागूऔषधसहित सुनार पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।
उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया