धनगढीमा मोहनामा डुबेर एक पुरुषको मृत्यु

  बुधबार २६, असार २०८१ ०७:३२

धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका – १० जुगेडा कटानका ५० वर्षीय लाल बाबु रानाको मोहना नदीमा डुबेर मृत्यु भएको हो ।

उनी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि खोजि गर्दा प्रहरीले नदीमा शव फेला पारेको थियो । यस बिसयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार २६, असार २०८१ ०७:३२

प्रतिक्रिया