कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पोस्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरुले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए।
खुकुरी प्रहार गर्नेहरुको परिचय प्रहरीले खुलाएको छैन। खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया