कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्षको निधन
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ ।
आइतबार बिहान पूर्व अध्यक्ष थापाको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६५ वर्षीय थापाको घरको नल्कामा लडेर निधन भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया