टीकापुरका दलित विद्यार्थीलाई पोशाक वितरण

  आइतबार २३, असार २०८१ १४:५६

कैलाली । जिल्लाको टीकापुर नगरपालिकाले दलित समुदायका विद्यार्थीलाई  विद्यालय पोशाक निःशुल्क वितरण गरेको छ। नगरपालिकाले टीकापुरका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो। टीकापुरको राजिपुरकी हिरा नगार्जीको कक्षा ७ मा पढ्ने नातिको यसअघि एक थान विद्यालय पोशाक थियो। पालिकाले एक थान पोशाक उपलब्ध गराएको छ।

वर्षाको फेर्ने पोशाक नहुँदा सास्ती हुँदै आएको थियो। अब फेरेर लगाउन सहज हुनेछ उनले भने। जवाकला विकका चार नातिनातिना छन्। दुईजनाले पोशाक पाएपछि विद्यालय पठाउन सहज भएको उनले बताए। ‘छोराबुहारी छैनन् । आफूलाई खाना तथा अन्य आवश्यक सामग्रीको जोहो गर्न समस्या भएको अवस्थामा पालिकाले पोशाक वितरण गरेपछि खुसी लागेको छ उनले भने  पोशाक वितरण गर्दै नगरप्रमुख रामलाल डगौँरा थारुले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकले शिक्षामा ध्यान नदिएको, बालबालिकाका लागि समय दिन नसकेको गुनासो गरे। 

बालबालिका पछाडि पर्नु भनेको राज्य पछाडि पर्नु हो। उनीहरुलाई पर्याप्त समय दिनुपर्छ, उनले भने, अभिभावक पनि जिम्मेवार बन्नुपर्छ। विपन्न परिवारलाई पोशाक तथा शैक्षिक सामग्री स्थानीय सरकारले उपलब्ध गराउने छ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरीले अव्यवस्थित बसोबास रहेको क्षेत्रमा पालिकालाई सहयोग गर्न केही असहज हुने धारणा राखे। ‘शिविरमा रहेका बालबालिकालाई सहयोग गर्न कठिन छ”, उनले भने, ‘अभिभावकले बालबालिकाको शिक्षामा ध्यान दिएमा नगरपालिका तथा अन्य निकायमार्फत सहयोग गर्नेछैँ ।कार्यपालिका सदस्य दीपक निसानीले दलित बालबालिका पोशाक अभावमा विद्यालय जानबाट वञ्चित नहुन भनी पोशाक वितरण गरिएको बताए।

‘आगामी वर्ष पनि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेका छौ उनले भने, ‘विपन्न दलितका बालबालिकालाई पोशाक सहयोगले हौसला मिल्ने अपेक्षा गरेका छौ। कार्यक्रममा कर्णालेश्वर आधारभूत विद्यालयका अध्यक्ष चन्द्रप्रसाद भण्डारीले सिमान्तकृत, पछाडि परेका वर्गीय, जातीय समुदायका बालबालिकालाई आवश्यकतका आधारमा सहयोग गरिने बताए।

clock आइतबार २३, असार २०८१ १४:५६

प्रतिक्रिया