पत्रकारिताविरुद्ध दिएको अभिव्यक्ति सच्याउन बलायरलाई महासंघको आग्रह

  शनिबार २३, बैशाख २०८० १७:४२

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले पत्रकारिताविरुद्ध सार्वजनिक रुपमा दिएको अभिव्यक्ति सच्याउन आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बलायरले दिएको अभिव्यक्तिप्रती ध्यानाकर्षण भएको जनाउदै सच्याउन आग्रह गरेको हो ।

‘समाचारका विषयलाई लिएर सार्वजनिक मञ्चमा पत्रकारविरुद्ध जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले पत्रकार र पत्रकारिता क्षेत्रप्रती अपमान गरिएको ठहर छ, महासंघका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्ति भनिएको छ,’ ‘समाचारका विषयमा असहमती भए कानूनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकारविरुद्ध अभिव्यक्ति दिनु दुःखद हो । त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ ।’

clock शनिबार २३, बैशाख २०८० १७:४२

प्रतिक्रिया