कञ्चनपुरमा सशस्त्र प्रहरी (सई) माथि आक्रमण गर्ने २ जना पक्राउ

  शनिबार २३, बैशाख २०८० १६:१४

कञ्चनपुर । दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि आक्रमण गर्ने २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गर्ने गिरोहका दुई जनालाई शनिबार दिउसो पक्राउ गरेको हो ।

जय बैच र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउदले बताए । साउदका अनुसार खुकुरी प्रहार गर्ने मुख्य ब्यक्ति रोहन बैच भने फरार छन् । उनको खोजी कार्य चलिरहेको छ । उनी भारततर्फ फरार भएको आशंका गरिएको छ । 

शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए ।

ती युवा एक आपसमै झगडा गरिरहेका थिए । अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो ।

clock शनिबार २३, बैशाख २०८० १६:१४

प्रतिक्रिया