सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ
काठमाडौं । पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। सुरक्षा न्यूज अनलाइनका सञ्चालक भण्डारी शनिबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनलाई सरकारी कागजात कीर्ते गरेको आरोप लागेको छ।
यही केसमा पक्राउ पुर्जी जारी भएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया