डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  शनिबार १५, असार २०८१ १२:५८

डोटी । ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका–४ डौडमा ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ४६ वर्षीय चालक रामकृष्ण डगौराको मृत्यु भएको हो।

शनिबार भे २ च १७६० नम्बरको ट्याक्टर सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पुगाएर फर्किने क्रममा भाँतला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

clock शनिबार १५, असार २०८१ १२:५८

प्रतिक्रिया