बझाङका सडिओ पाण्डेका एक सय दिन, कार्यालय समय पहिला राष्ट्रिय गानदेखि चोरी नियन्त्रणसम्म

  शनिबार २३, बैशाख २०८० ११:५२

धनगढी । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले एक सय दिनको काम सार्वजनिक गरेका छन्। उनले जिल्लामा शान्ति सुरक्षादखि सुशासनलगायतमा गरेका कामहरु सार्वजनिक गरेका हुन्। 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाण्डेयले आफुले बझाङमा कार्यभार समालेको एक सय दिन पुगेको अवसरमा पत्रकारसँग कुराकानी गर्दै विभिन्न कार्यालयहरुमा अनुगमन तथा निर्देशन, विभिन्न ग्रामिण सडक तथा राजमार्गमा भै रहेका स्तरनोन्तीको अनुगमन तथा निर्देशन,  सवारी व्यवस्थापन तथा भाडादर निर्धारण गर्ने काम गरेको बताए। 

उनले सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाहमा खटिएको,  अशक्त तथा प्रशासनसम्म पुग्न नसकेकालाई घरदैलोमै सेवा प्रवाह गरेको, चैनपुर बजारमा हुने चोरीका घटनाहरु पनि पछिल्लो समय घटेको,  सेवाग्रहीलाई सहज बनाउन कार्यालयमा नै हुलाक टिकट वितरण गर्ने गरेको, टोकन प्रणाली लागु गरेको, कर्मचारीहरुलाई कार्यालय समय अगाडी राष्ट्रिय गान गाएर मात्र दैनिक कार्य सम्पादन लगाएतका ५० वटा महत्वपूर्ण काम गरेको जानकारी दिए। 

पत्रकार तथा नागरिकबाटआएका सुझावलाई ग्रहण गर्दै अबका दिनमा पनि  बझाङमा शुशासन कायम गर्न लागि पर्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।

clock शनिबार २३, बैशाख २०८० ११:५२

प्रतिक्रिया