ड्युटीमा रहेका सशस्त्रका सईलाई खुकुरी प्रहार
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई शुक्रबार राति खुकुरीले हानिएको छ।
दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरविरुद्ध खुकुरी प्रहार भएको हो।
ड्युटीका क्रममा पोस्टनजिकै राति साढे १० बजे ४र५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको हो।
खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया